PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

महिला पत्रकारलाई प्रेस सेन्टर मकवानपुरको सुत्केरी भत्ता



महिला पत्रकारलाई प्रेस सेन्टर मकवानपुरको सुत्केरी भत्ता

हेटौँडा : प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको छ। जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने भनी गत पुष १० गते बसेको सेन्टरको बैठकको निर्णय अनुसार मंगलवार उक्त रकम प्रदान गरिएको हो।

सेन्टरकी अध्यक्ष अञ्जली थापासहितको पत्रकार टोलीले विष्टको घरमै पुगेर भत्तासहित न्यानो कपडा र पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको हो। महिला पत्रकारहरुलाई सुत्केरी अवस्थामा कार्यलयले पनि तलब नदिने हुँदा आर्थिक समस्या पर्ने भएकाले भत्ता उपलब्ध गराएको अध्यक्ष थापाले बताइन्।

सेन्टरले आगामी दिनमा जिल्लामा क्रियाशिल पत्रकार महिलाका लागि प्रभावकारी हुने खालका कार्यक्रमहरु ल्याउने पनि उनले बताइन्। मकवानपुरमा करिब ४० जना भन्दा बढी महिला पत्रकार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell