PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कठ्याङ्ग्रिँदो चिसोमा वर्षा : देशका विभिन्न भागमा झरी, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात



कठ्याङ्ग्रिँदो चिसोमा वर्षा : देशका विभिन्न भागमा झरी, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
फाइल फोटो

काठमाडौं : बुधवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा शुरु भएको छ। कठ्याङ्ग्रिँदो जाडो याममा वर्षा भएसँग जनजीवन प्रभावित बनेको छ। काठमाडौंमा बिहानैबाट हल्का पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण दिनभर पूर्ण बदली रहनेछ।

'हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ,' मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली  रहने महाशाखाले जनायो। त्यसैगरी राति देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell