PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हेलम्बु क्षेत्रमा भारी हिमपात, सेर्माथाङ देखियो सेताम्मे

हेलम्बु क्षेत्रमा भारी हिमपात, सेर्माथाङ देखियो सेताम्मे


मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको स्थानीय थिलेन ह्योल्मोले बताए।

सेर्माथाङमा तीनदेखि चार इन्चसम्म हिउँ परेको उनले बताए। बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ।

यस क्षेत्रमा हिउँ परेसँगै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैलाई चिसोबाट बच्न आग्रह गरेका छन्। 'हेलम्बु क्षेत्रमा भारी हिमपात भएको छ। अहिले देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात जारी छ,' मन्त्री लामाले भने, 'यो किसानको लागि खुसीको कुरा हो। स्वास्थ्य रहन चिसोबाट भने जोगिनुपर्छ। त्यसैले सावधानी अपनाउनुहोला।'

मन्त्री लामा यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

केही दिन अझै हिउँ पर्ने सम्भावना मौसम पूर्वानुमान शाखाले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell