PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कार दुर्घटनामा बैंकका शाखा प्रबन्धक पाण्डेको मृत्यु



कार दुर्घटनामा बैंकका शाखा प्रबन्धक पाण्डेको मृत्यु

बुटवल : कपिलवस्तुको बाणगंगामा भएको सवारी दुर्घटनामा परी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धकको मृत्यु भएको छ।

गयराती कपिलवस्तुको बाणगंगा नगरपालिका बुङ्चीस्थित महेन्द्र राजमार्गमा भएको कार दुर्घटनामा परी बाणगंगा नगरपालिका–१ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो। पाण्डे जितपुर चार नम्बरमा रहेको शाइन रेसुङ्गा बैंकको शाखा प्रबन्धकका रुपमा कार्यरत थिए। दुर्घटनमा अन्य दुईजना गम्भीर घाइते छन्।

तीन जना सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र त्यसलगत्तै कार अर्को बससँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएको केहीबेरमा पाण्डेलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक पाण्डेसँगै कारमा सवार अन्य दुईजना घाइतेको बुटवलमा उपचार भईरहेको छ। घाइते हुनेहरुमा सुदिप खनाल र राजेश शर्मा रहेका छन्। उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ। दुर्घटनामा परी बसमा सवार तीनजना यात्रुसमेत घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell