PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

दामनमा हिँउ पर्दा त्रिभुवन राजपथ अवरुद्ध, हेटौंडाका विद्यालय बन्द



दामनमा हिँउ पर्दा त्रिभुवन राजपथ अवरुद्ध, हेटौंडाका विद्यालय बन्द

हेटौंडा : मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा(काठमाण्डौ) जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाकाअनुसार बिहानैबाट सुरु भएको भारी हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ।

नगरपालिकासँग समन्वय गरेर सडक खुलाउने तयारी भइरहेको रहेको उनले बताए। हेटौंडाबाट जाने सवारी साधन हिउँमा चिप्लिने सम्भावना हुने भएकोले दुर्घटना नहोस् भनेर सडक सञ्चालनमा नल्याइएको सापकोटाले बताए।

यता चिसो बढेसँगै हेटौंडा उपमहानगरपालिकाले एक दिन विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ।

गएरातिको वर्षाले चिसो ह्वात्तै बढेको भन्दै विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगरभित्रको विद्यालयको पठनपाठन बन्द गर्न लागिएको नगरका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell