PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हिमपातपछि बढ्यो चिसो, कस्तो रहला आज दिनभरको मौसम?



हिमपातपछि बढ्यो चिसो, कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौं : बुधवार देशका विभिन्न भूभागमा हिमपात भएसँगै चिसो बढेको छ। बुधवार दिनभर वर्षासमेत भएको थियो। राति भने वर्षा रोकिएको छ।

बिहीवार थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 'देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ,' महाशाखाले जनाएको छ।

त्यसैगरी राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell