PahiloPost

May 14, 2024 | १ जेठ २०८१

काठमाडौं उपत्यकामा हुस्सु र कुहिरो, यस्तो रहनेछ आजको मौसम



काठमाडौं उपत्यकामा हुस्सु र कुहिरो, यस्तो रहनेछ आजको मौसम

काठमाडौं : चिसो बढेसँगै काठमाडौं उपत्यका हुस्सु र कुहिरोले ढाकेको छ। शुक्रवार बिहानैबाट काठमाडौं उपत्यकामा हुस्सु देखिन थालेको हो।

हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसममा वदलाब आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

'हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ,' महाशाखाले भनेको छ।

यस्तो छ आजको मौसम पूर्वानुमान

शुक्रवार दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनायो। 'गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

शुक्रवार राती भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell