PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

रुपन्देहीमा पनि आन्दोलनमा उत्रियो जनमत पार्टी



रुपन्देहीमा पनि आन्दोलनमा उत्रियो जनमत पार्टी

बुटवल : किसानका विभिन्न माग राख्दै आन्दोलन थालेको सिके राउतको जनमत पार्टीले रुपन्देहीमा पनि आन्दोलनमा उत्रिएको छ।

जनमतका नेता कार्यकर्ताले शुक्रवार भैरहवा–लुम्बिनी सडकखण्डको सुण्डीमा टायर बालेर धर्ना दिए। आन्दोलनका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

किसानमाथि सरकारको तर्फबाट भईरहेको दमन बन्द गर, किसानहरुलाई आन्दोलनकारी भन्दै लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा किसानलाई मलखाद र बिउविजन उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिएको जनमत पार्टीका जिल्ला अध्यक्ष विष्णुप्रसाद लोधले जानकारी दिए।

सरकारले आफ्ना माग पुरा नगरेसम्म आन्दोलन नरोकिने पार्टीका उनले बताए। हातमा डण्डा लिएका नेता कार्यकर्ताको समूहले सडकमा टायर बाल्दै पार्टीको पक्षमा नारा लगाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell