PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

‘कठपुतली’ रिलिजको पहिलो दिन नै भरिए हल, शनिवारको लागि शो बढ्यो



‘कठपुतली’ रिलिजको पहिलो दिन नै भरिए हल, शनिवारको लागि शो बढ्यो

काठमाडौं : हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ले प्रदर्शनमा आएको पहिलो दिन नै दर्शकबाट साथ पाएको छ। यो फिल्म हेर्न शुक्रवार राजधानीसहित बाहिरका हलहरुमा दर्शकको खचाखच भिड थियो।

फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको थियो। शुक्रवारको चाप हेरेर मल्टिप्लेक्सहरुले शनिवारको लागि शो बढाएका छन्।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि देशभरका स्टेशनमा १४ शो दिएको थियो। अब शनिवारको लागि थप सात शो बढाईसकेको छ। थप शोहरु बढ्न सक्ने फिल्मका बजार व्यवस्थापक सागर खरेलले बताए।

बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि चलचित्रले राम्रो दर्शक पाएको छ।

भिमसेन लामाले निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ। पृथ्वी राना मगरले निर्माण गरेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्।

फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। एक दरबारिया राजपरिवारको कथा फिल्मले समेटेको छ। साथै, यो फिल्म नेपाली मौलिक हरर फिल्म बनेको सम्पदाको दाबी छ।

अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले चलचित्र खिचेका हुन्। बुधवार राजधानीमा भएको चलचित्रको प्रिमियरमा उपस्थित अधिकांश चलचित्रकर्मीले छायांकनदेखि कलाकारको अभिनयसम्मको प्रशंसा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell