PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

माओवादी महाधिवेशन : प्रज्ञामा स्थायी कमिटी जारी



माओवादी महाधिवेशन : प्रज्ञामा स्थायी कमिटी जारी

काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटी बैठक प्रज्ञा भवन कमलादीमा जारी रहेको छ। ८ औं महाधिवेशनमा निर्वाचनउन्मुख माओवादीले केन्द्रीय समितिमा थप गर्नुपर्ने क्लस्टरहरुबारे स्थायी कमिटीमा छलफल गर्नेछ।

त्यसैगरी आजै बिहान ११ बजे प्रज्ञा भवनमै बन्दसत्र पनि शुरु हुँदैछ। बन्दसत्रमा नेता देव गुरुङले बिधान मस्यौदाउपर उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ। त्यसपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जनाए।

माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। शुरुमा केन्द्रीय समिति गठन गरेरमात्र पछि पदाधिकारी चयन गर्ने तयारीमा माओवादी लागेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell