PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित?



माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित?

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो।

निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि ३:३० बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ। यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३:४० बजे प्रकाशित हुनेछ।

निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन ४:४५ बजे हुनेछ।

यस्तै साँझ ६:२५ बजे राति १०:२५ बजेसम्म मतदान हुनेछ।

कुन समूहमा कति निर्वाचित?

माओवादी केन्द्रको कूल २९९ केन्द्रीय कमिटीमा १४५ जना खुल्लाबाट निर्वाचित हुनेछन्। अन्य समानुपातिक रुपमा समावेशी समूहका आधारमा निर्वाचित हुनेछन्।

जसअनुसार समानुपातिकमा खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन्। जसमा पुरुष १२, युवा पुरुष २, महिला २४ र महिला युवा ६ जना निर्वाचित हुनेछन्।

यस्तै, दलिततर्फ २२ जना निर्वाचित हुनेछन्। जसमा पुरुष ६ जना, युवा पुरुष १, महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन्।

यस्तै, मुस्लिम समूहबाट ७ जना निर्वाचित हुनेछन्। यस्तै, मधेशी समूहबाट २३ जना निर्वाचित हुनेछन्। आदिवासी जनजातितर्फ ४३ जना र थारुतर्फ १० जना निर्वाचित हुनेछन्।

अपाङ्गता भएका व्यक्तिको समूहबाट २ र पिछडिएको क्षेत्रबाट महिला र पुरुष गरी २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell