PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

सकियो माओवादी केन्द्रको महाधिवेशन, भोलि बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने



सकियो माओवादी केन्द्रको महाधिवेशन, भोलि बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएको छ। आइतवार महाधिवेशन सकिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

महाधिवेशन सम्पन्न भएको जानकारी दिँदै प्रवक्ता महराले सोमवार बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने बताए। बैठकको समय पछि जानकारी गराइने उनले बताए।

‘महाधिवेशन सम्पन्न भएको छ। भोलि पहिलो केन्द्रीय कमिटीको बैठक बस्छ। पदाधिकारी पनि भोलि नै चयन हुन्छ,’ महराले भने।

आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा २३६ जनाको केन्द्रीय कमिटी पेश गरेका थिए। सो कमिटी पारित भएको छ।

२९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम फाइनल गरिएको हो। केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जना रहेका छन्। २९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम हाल घोषणा गरिएको हो।

अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्। दुवै गरी ६३ जना केन्द्रीय सदस्य थप्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell