PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

मछिन्द्रको एएफसी कप छनोट यात्रा तय

मछिन्द्रको एएफसी कप छनोट यात्रा तय


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्बललाई हरायो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो।

शुरुबाटै खेलमा हावी भएको मछिन्द्रका लागि खेलको २१ औँ मिनेटमा सुनिल बलले विशाल राईको प्रिकिकमा गोल गरे। जारी लिगमा उनको यो पाँचौँ गोल हो।

जितसँगै मछिन्द्रले एएफसी कपको छनोटमा स्थान बनाएको छ। १७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको मछिन्द्रले एएफसी कप छनोटमा पहिलो पटक सहभागिता जनाउने भएको हो। आजको खेलमा मछिन्द्र बराबरीमा रोकिएको भए या पराजित भएको भए मनाङ मर्स्याङदी क्लबले यो अवसर पाउने थियो।

अर्कोतर्फ पुलिसले भने फेरि अर्को पराजय ब्यहोरेको छ। पछिल्ला पाँच खेलमा जितबिहीन पुलिस ६ अंकसहित अंकतालिकाको एघारौँ स्थानमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell