PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि



मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि
Photo: Franck Fife/AFP/Getty Images

फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्

यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो। विन्टर ब्रेकबाट फर्किएपछि उनीहरुमा कोभिड पोजिटिभ देखिएको थियो। जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई यसअघि कोभिड देखिएको थियो।

विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएका थिए। सो क्रममा उनी आफ्नी श्रीमतिसँग कन्सर्टमा गएको भिडियो सार्वजनिक भएको थियो।

पीएसजीका म्यानेजर माउरिसियो पोचेटिनोले आइतवार एक पत्रकार सम्मेलनमा मेस्सी अझै अर्जेन्टिनामा रहेको र उनले कोभिड नेगेटिभ नआएसम्म यात्रा नगर्ने संकेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell