PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो। पदाधिकारीसहित १३४ जना कार्यसमिति महाधिवेशनले निर्वाचित गरेको थियो। यसै गरी पार्टी सभापति शेरबहादुर देउवाले शनिवार र आइतवार गरी १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

देउवाले शनिवार नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

सभापति देउवाले यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell