![पदाधिकारी चयनका लागि माओवादी केन्द्रीय कमिटी बैठक बस्दै](https://pahilopost.com/assets/upload/contentthumb/20211230130501-0111.jpg)
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा बस्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
सोमवार दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने उनले बताए।
आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा २३६ जनाको केन्द्रीय कमिटी पेश गरेका थिए। सो कमिटी पारित भएको छ।
२९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम फाइनल गरिएको हो। केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जना रहेका छन्। २९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम हाल घोषणा गरिएको हो।
अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्।