PahiloPost

Aug 30, 2026 | १४ भदौ २०८३

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्यको उम्मेद्वार



माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्यको उम्मेद्वार

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभाको रिक्त रहेका सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि आफ्नो दलको उम्मेद्वार टुंग्याएको छ। सोमवार पार्टीको केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेद्वार टुंगो लगाउने जिम्मा दिएको थियो।

सोही अनुसार अध्यक्ष प्रचण्डले उम्मेद्वार टुंग्याएका हुन्। माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मंगलवार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन्। आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell