PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

लोसपाका उम्मेद्वार सरदारले किन गराउन पाएनन् राष्ट्रिय सभामा मनोनयन दर्ता?



लोसपाका उम्मेद्वार सरदारले किन गराउन पाएनन् राष्ट्रिय सभामा मनोनयन दर्ता?

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य समूहमा छनोट गरेका उम्मेद्वारले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वारी दर्ता गराउन पाएनन्। लोसपाले राष्ट्रिय सभामा उम्मेद्वारीका लागि छनोट गरेका श्याम सुन्दर सरदारले उम्मेद्वारी दर्ता गराउन पुगेपनि दर्ता गराउन नपाएका हुन्।

आर्थिक लाभ लिने पदमा कार्यरत र प्रदेश सभाको समानुपातिकतर्फ बन्द सूचीमा उनको नाम रहेकोले उनी उम्मेद्वार बन्न नसकेको प्रदेश २ का निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन्।

सप्तरीको कञ्चनरुप निवासी सरदार प्रदेश २ सरकारले ६ फागुन २०७७ मा गठन गरेको दलित विकास समितिका सदस्य समेत हुन्। उनी समितिबाट आर्थिक लाभ लिइरहेका छन्। राष्ट्रिय सभा निर्वाचन निर्देशिका अनुसार आर्थिक लाभको सरकारी पदमा रहेका व्यक्तिले उम्मेद्वारी दिन नपाउने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell