PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन : कसको मत भार कति?



सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन : कसको मत भार कति?

कैलाली : सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका तीन पदमा हुन गइरहेको निर्वाचनका लागि उम्मेद्वारहरूले आज मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन अनुरुप तीन जना साझा उम्मेद्वारलाई अघि बढाएका छन्। नेकपा (एमाले)ले भने एक्लै तीन जनाको उम्मेद्वारी दर्ता गराएको छ।

एमालेविरुद्ध देशभर गठबन्धन बनाउँदा सुदूरपश्चिममा एमाले कमजोर देखिएको छ। प्रदेश सभामा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ भने स्थानीय तहमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ।

सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य रहेका छन्। ८८ वटा स्थानीय तहमा १ सय ७५ जना प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष रहेका छन्। जस अनुसार प्रदेशमा कुल २ सय २७ मतदाता रहेका छन्।

प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका ११, जनता समाजवादी र लोसपाका समान १/१ मतदाता रहेका छन्। उनीहरूको मतभार जोड्दा यहाँ एकीकृत समाजवादीको ६ सय ७२, माओवादी केन्द्रको ६ सय २४, कांग्रेसको ५ सय ७६ र एमालेको ५ सय २८ मतभार छ। राजपा र लोसपाको ४८/४८ मतभार छ।

स्थानीय तहमा १ सय ७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन्। जस अनुसार कांग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ। माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ।

स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो छ। कांग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ। त्यस्तै, एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ।

यो मतभारतले गठबन्धनलाई सहज बनाएको देखेर उम्मेद्वारहरूले मनोनयन दर्ताका क्रममा आफूहरूको जित मात्रै घोषणा हुन बाँकी रहेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell