PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अष्ट्रेलियामा बसेका नेपालीहरुको कथा समेटिएको फिल्म ‘पर्पला’ को फर्स्ट लुक सार्वजनिक



अष्ट्रेलियामा बसेका नेपालीहरुको कथा समेटिएको फिल्म ‘पर्पला’ को फर्स्ट लुक सार्वजनिक

फिल्म ‘पर्पला’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपालीहरुको जीवनमा घटेका विभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर फिल्म बनाएको निर्देशक तथा लेखक मनोज अधिकारीले बताए। फिल्मको सम्पुर्ण काम सकेर छिट्टै रिलिज गर्ने सोच रहेको निर्माण पक्षले जनाएको छ।

थ्रिलर हरर जनरामा निर्माण भएको फिल्मलाई हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा अष्ट्रेलियामा नै छायाङ्कन गरिएको हो। निर्माता तथा कलाकार भानु प्रतापले अष्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसंग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन्।

फिल्ममा पुकार गौतम, निखिला बुढाथोकी, रोजी पन्त र अष्ट्रेलियन कलाकार ओल्गा तमरालगायतका कलाकारहरुको अभिनय रहेको छ। आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले खिचेका हुन्।

यसअघि पनि अधिकारीले नेपाली फिल्म ‘ऋतु’ को निर्माण तथा निर्देशन गरिसकेका छन्। साथै उनले हलिउड फिल्म ‘गर्ल एडिक्टेड’ निर्देशन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell