कैलाली : सुदूरपश्चिमको गौरिफन्टा नाका हुँदै भारतबाट आएका ५४ जनामा कोरोना संक्रमण पुष्टि एको छ। मंगलवार र बुधवार कैलालीको त्रिनगर-गौरिफन्टा हुँदै आएका ७ सय ८० जनामा एन्टिजेन परीक्षण गर्दा ५४ जनाको नतिजा पोजेटिभ देखिएको हो।
स्वास्थ्य सीमा सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार मंगलवार २३ जनामा पोजेटिभ देखाएको थियो। त्यस्तै, बुधवार ३ सय ८८ जनाको नमुना परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो।
भारतमा कोरोना संक्रमण फैलिएपछि कडाइ गरिएको सीमा नाकामा यस अघिसम्म संक्रमण शून्य अवस्थामा थियो। संक्रमण देखिएका ५४ जनालाई धनगढीको उर्मास्थित आइसोलेसनमा राखिएको छ।
सीमामा अहिले भारतबाट आउने सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्ने गरिएको छ। साथै, भारतबाट आउने र जाने खोप नलगाएका नागरिकलाई समेत सीमामा खोप लगाउने गरिएको छ।