PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन : अत्यावश्यक सेवाहरु जनताको घर दैलोमा पुर्‍याउनू



मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन : अत्यावश्यक सेवाहरु जनताको घर दैलोमा पुर्‍याउनू

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन्।

जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरुलाई चुस्ताव बनाउन भन्दै देउवाले अत्यावश्यक सेवाहरु जनताको घर दैलोमा पुर्‍याउने सरकारको दायित्व भएकाले सो अनुसार काम गर्न समेत निर्देशन दिए। विकास निर्माणका परियोजनाहरुको गति बढाउनका लागि आवश्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्न देउवाको निर्देशन थियो।

कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रबन्ध प्रभावकारी रुपमा अघि बढाउनु पर्ने उनले बताए। कर्मचारीको क्षमता बृद्धि गरेर विकास आयोजनाहरुको कार्यान्वयन पक्षलाई चुस्त बनाउन उनले निर्देश थियो।

राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन संयन्त्र बनाउन तथा सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजनाहरु अघि बढाउन मन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन थियो।

स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बढाउन र जलविद्युत, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने गरी नीति तथा कार्यक्रम ल्याउन उनले निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell