PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हलिउड निर्देशक पिटर बोगदानोभिचको निधन



हलिउड निर्देशक पिटर बोगदानोभिचको निधन
CNN

हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ। प्रतिष्ठित अस्कर अवार्डको नोमिनेसनमा समेत परेका उनको ८२ वर्षको उमेरमा हिजो राति आफ्नै घरमा निधन भएको हो।

अमेरिकाको लस एन्जलसमा बस्दै आएका उनी पार्किन्सन रोगबाट पीडित थिए। पार्किन्सनको उपचार गराइरहेका उनको मृत्यु भएको जानकारी  उनकी छोरी एन्टोनिया बोगदानोभिचले जानकारी दिएकी छिन्।

पिटर ७० ‌औँ दशकका चर्चित फिल्म निर्देशकका रुपमा चिनिन्छन्। सन् १९७० फिल्म ‘द वाइल्ड एन्जल्स' मा जोडिएपछि उनको फिल्मी यात्रा सुरु भएको हो। उनले निर्देशन गरेका फिल्म 'द लास्ट पिक्चर शो' र 'पेपर मुन' अस्कर नोमिनेसनमा समेत परिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell