PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दीपेन्द्र के खनालको लेखनमा फिल्म ‘परस्त्री’ बन्ने घोषणा



दीपेन्द्र के खनालको लेखनमा फिल्म ‘परस्त्री’ बन्ने घोषणा

काठमाडौं : फिल्म ‘परस्त्री’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच यस फिल्मको निर्माण हुने घोषणा गरिएको हो।

दीपेन्द्र के खनालको लेखन रहने फिल्ममा सुरज पाण्डेयको निर्देशन रहनेछ। ‘लभ लभ लभ’ अभिनेता पाण्डेयले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।

डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्ममा शर्मिला पाण्डेयको लगानी रहनेछ। गायक तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भुमिका रहने फिल्मका लागि अन्य कलाकार छनोट भइरहेको छ।

आफ्नो पहिलो प्राथमिकतामा अभिनय भन्दापनि निर्देशन रहने सुरजको भनाइ छ। फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने फिल्मलाई नेपालीसँगै हिंन्दी भाषामा समेत निर्माण गरिनेछ।

निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ। यो सिनेमा कोरोना महामारीको तेस्रो लहरले असर नगरेको खण्डमा आगामी वर्षको बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायाङ्कन फागुन तेस्रो सातादेखि शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell