PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

च्यातिएको त्रिपालमुनि छोपेर राखिएको रेल इनर्वाबाट कुर्थासम्म गुड्यो, परीक्षणका लागि भारतीयकै भर

च्यातिएको त्रिपालमुनि छोपेर राखिएको रेल इनर्वाबाट कुर्थासम्म गुड्यो, परीक्षणका लागि भारतीयकै भर

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : धनुषाको इनर्वामा डेढ वर्षदेखि त्रिपााल मुनि छोपेर राखिएको नेपाली रेलको आज पुनः परीक्षण गरिएको छ। रेल्वे ट्रयाक र इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षणका लागि गुडाइएको रेल्वेका अधिकारी बिनोद ओझाले जानकारी दिए।

भारतीय रेल्वे कम्पनी कर्पोरेशन कोंकणबाट असोज ३ गते रेल नेपाल ल्याइएको थियो। सो दिन रेलको परिक्षण गरेर धनुषाको इनर्वामा पाल भित्र राखेर थन्काइएको थियो। 

नेपाली रेलको ट्रयाक निर्माण भएपनि रेल भने गुड्न सकेको छैन। रेल गुड्ने नगुड्ने संशयका बिच तयारी स्वरुप आज फेरि परीक्षण गरिएको बताइएको छ।

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भई सकेको जानकारी दिए। माघ २७ गते भित्र रेल गुडाउने तयारी रहेको उनको दाबी छ। महाप्रबन्धक झाले रेल इन्जिनको अवस्था राम्रो रहेको दावी गरिरहँदा रेलको बगि भित्र सिटको कभर च्यातिएको, झ्यालहरुमा धुलै धूल रहेको पाइएको थियो । 

भारतीय कै भर

नेपालले खरिद गरेको आधुनिक रेल गुडाउनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले ६० जना जनशक्ति राखिएको छ। यसअघि कम्पनीसँग १५१ जना जनशक्ति थियो।

महाप्रबन्धक झाले भने ‘हामीले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राखेर रेल संचालन गर्ने तयारीमा लागेका छौँ।’

उनले थप भने,‘म आएलगत्तै आर्थिक भार कम पर्ने हिसाबले १५१ जनामध्ये ६० जनालाई राख्ने निर्णय गरेको थिएँ। बाँकीलाई हटाउने निर्णय गरेका थियौँ।’

उनले नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति रह्ने जानकारी दिए। परिक्षणका लागि सोही २६ जना मध्ये १४ जना भारतीय जनशक्ति शनिबार नेपाल आई पुगेका थिए। उनका अनुसार भारतीय कर्मचारीहरुले नै नेपाली रेलको अवस्था परीक्षण गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell