बुटवल : नेकपा (एमाले) रुपन्देहीको जारी नवौँ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया शुरु भएको छ। अध्यक्षका लागि तेजेन्द्र केसीको नाम प्रस्ताव भएको छ।
त्यस्तै, उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, तथा सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको छ।
अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवं अध्यक्ष मण्डलका सदस्य भूमिश्वर ढकालले जानकारी दिए। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मण्डलका तर्फबाट शिवराज सुवेदीले सबै कलस्टरका नाम प्रस्ताव गरेका थिए।
प्रस्तावित नाममा चित्त नबुझेको खण्डमा मतदानमा जाने गरी निर्वाचनको तालिका समेत सार्वजनिक भएको छ। आज बेलुकी उम्मेद्वारी दर्ता गरेर भोलि बिहान ८ बजेदेखि मतदानको प्रक्रिया शुरु गर्नेगरी तयारी गरिएको छ।