PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लुम्बिनीको विकासका लागि बजेटको कमी हुन दिदैनौँ : पर्यटन मन्त्री आले



लुम्बिनीको विकासका लागि बजेटको कमी हुन दिदैनौँ : पर्यटन मन्त्री आले

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी हुन नदिने बताएका छन्।

शनिवार लुम्बिनी विकास कोषको अनुगमन, निरीक्षण भ्रमणका लागि त्यहाँ पुगेका मन्त्री आलेले पहिलो गुरुयोजना अन्तर्गत ३ अर्ब ५० करोडको लगानीमा बाँकी रहेका सडक, ढल, हरियाली पार्क, विद्युतीकरण, स्वागत गेट लगायतको शिलान्यास कार्यक्रममा लुम्बिनी क्षेत्रको विकासका लागि बजेटको कमी नहुने बताएका हुन्।

संसारभर शान्तिको सन्देश फैलाउने भगवान गौतमबुद्धको जन्मस्थल समेत भएकाले बुद्धकै नामले लुम्बिनी मात्र नभई हाम्रो देश विदेशमा चिनिएकाले यहाँको विकासका लागि सबैको सकारात्मक सोच भए बजेटमा कुनै कमी आउन नदिने उनले बताए।

मन्त्री आलेले सोही अवसरमा लुम्बिनीको जस्तै गुरुयोजना तत्काल निर्माण गरेर गौतम बुद्धले २८ वर्ष बिताएर ज्ञान प्राप्त गरेको तिलौराकोट, मावली देवदह लगायत बुद्धसँग सम्बन्धित क्षेत्रको विकास र विस्तारको लागि लाग्न समेत लुम्बिनी विकास कोषका पदाधिकारी लगायतलाई निर्देशन दिए।

सो अवसरमा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, सूचना प्रमुख हरिध्योज राई लगायतले बुद्धसँग सम्बन्धित लुम्बिनी क्षेत्र भित्रका महत्वपूर्ण स्थलको जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell