PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत



एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत

बुटवल : नेकपा (एमाले) गुल्मीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। भने, सचिवमा गणेश श्रीपाली सर्वसम्मत भएका छन्। काउछा यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए।

त्यस्तै, उपाध्यक्षमा हीरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनय दर्ता गरेका छन् भने उपसचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्रा आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएका छन्।

हालसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत भएका छन्। उपाध्यक्ष र उपसचिवसहित केही सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको एमाले नेता ओम कार्कीले बताए।

प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिएका छन्। जिल्ला अधिवेशनका लागि गुल्मीमा ७१० प्रतिनिधि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell