PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारी हिमपातका कारण पाकिस्तानमा २१ जनाको मृत्यु, अधिकांश हिउँमा रमाउन गएका पर्यटक



भारी हिमपातका कारण पाकिस्तानमा २१ जनाको मृत्यु, अधिकांश हिउँमा रमाउन गएका पर्यटक
फोटो : EPA

पाकिस्तानको पञ्जाबस्थित पहाडी क्षेत्र मुर्रीमा भारी हिमपात हुँदा १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। कारमा बस्दाबस्दै ती मानिसहरुको मृत्यु भएको बताइएको छ।

हिमपातले गर्दा उक्त क्षेत्रमा हजारभन्दा बढी पर्यटकीय सवारी साधन रोकिएका छन्। जसमा सयौं मानिसहरु रहेको बताइएको छ।

उक्त क्षेत्रमा चिसोका कारण एक प्रहरीको पुरै परिवारले ज्यान गुमाएका छन्। त्यहाँको आपत्कालीन उद्धार सेवालाई उद्धृत गर्दै एक प्रहरी, उनकी श्रीमती र ६ जना बच्चाको मृत्यु भएको बीबीसीले जनाएको छ। अर्को एकै परिवारको ५ जनाको मृत्यु भएको बताइएको छ।

हिमपातको आनन्द लिन गएका पर्यटकहरु सडकमा फसेका थिए। चार फिटसम्म अग्लो हिउँ परेपछि सडक बन्द भएको थियो। हिमपातमा रमाउन मुर्रीमा पछिल्ला दिन १ लाख बढी पर्यटक पुग्दा जाम भएको त्यहाँका गृहमन्त्री शेख रसिदले बताएका छन्। उक्त क्षेत्रमा अहिले पाकिस्तानी सेनाले रेस्क्यु अपरेसन चलाएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell