PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्म ‘परस्त्री’को मुख्य भुमिकामा अभिनय गर्ने कलाकारका लागि अडिसन खुला



फिल्म ‘परस्त्री’को मुख्य भुमिकामा अभिनय गर्ने कलाकारका लागि अडिसन खुला

काठमाडौं : शुक्रवार घोषणा गरिएको फिल्म ‘परस्त्री’को मुख्य भुमिकामा अभिनय गर्ने कलाकारका लागि अडिसन आह्वान गरिएको छ।

फिल्मका लागि एक जना २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी मुख्य अभिनेत्री र २० देखि २५ वर्ष भित्रकी अर्की एक अभिनेत्रीको लागि अडिसन आह्वान गरिएको हो।

फागुन तेस्रो साताबाट फ्लोरमा जाने फिल्मको आवश्यक कलाकारको चाँडै अडिसन गरेर छायाङ्कन सुरु गरिने निर्मात्री पाण्डेले जानकारी दिइन्। यो फिल्मलाई 'लभ लभ लभ'का अभिनेता सुरज पाण्डेले निर्देशक गर्नेछन्।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने यस फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell