PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पनौतीमा १२ वर्षपछि हुन लागेको मकर मेलामा धार्मिक फिल्महरु देखाइने



पनौतीमा १२ वर्षपछि हुन लागेको मकर मेलामा धार्मिक फिल्महरु देखाइने

काठमाडौं : मकर मेला चलचित्र महोत्सव हुने भएको छ। पनौतीको लायकु दरबार क्षेत्रमा प्रथम 'मकर मेला फिल्म फेस्टिभल' आयोजना हुन लागेको हो।

मनसागर ट्रस्टले आयोजना गरेको यो चलचित्र महोत्सव माघ १ गतेदेखि २९ गतेसम्म चल्नेछ। चलचित्र महोत्सवमा विभिन्न महोत्सवमा सहभागी भएका कुम्भ मेलालगायत विभिन्न धार्मिक फिल्महरु प्रदर्शन गरिने यस फेस्टिभलका संयोजक प्रशान्त श्रेष्ठले जानकारी दिए।

उनले भने, 'फेस्टिभलका लागि भनेर हामीले १५ वटा धार्मिक फिल्महरु छनोट गरिसकेका छौँ। जसमा मकरमेलादेखि कात्तिक नाँच र कुमारी यात्रादेखि मछिन्द्रनाथ यात्रासम्मका फिल्महरु समावेश छन्। साथै, फिल्म 'मुकुण्डो' पनि देखाइनेछ।'

चलचित्र महोत्सवमा किम्फ/हिमाल एसोसिएसन र पनौती नगरपालिकाको समन्वय रहेको छ। चलचित्र महोत्सवमार्फत धार्मिक पर्यटन बढाउनुका साथै मनोरञ्जन दिनु पनि मुख्य उद्देश्य रहेको श्रेष्ठ बताउँछन्। भने, 'मुख्य उद्देश्य मकर मेलामा धार्मिक पर्यटन त भइहाल्यो। पर्यटन भन्नाले मेलामा नुहाउने मात्रै होइन। भक्तजनहरुको पनौतीमा रात्रीबास पनि होस् भनेर यो फिल्म गरेका हौँ।'

चलचित्र महोत्सवमा फोटो समेत प्रदर्शन गरिनेछ। १२ वर्षमा हुने कुम्भ मेला मेला मात्रै नभएर विश्वसामु नै चिनाउने अवसर भएको उनको भनाई छ।

पनौतीमा मकर सङ्क्रान्तिबाट सुरु हुने यो मेला १२ वर्षपछि हुन लागेको हो। यस मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गर्छन्। पनौली नगरपालिकाले गत वर्षदेखि नै मेलाको तयारी सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell