PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

यस्तो देखियो हिमालयन शेर्पा र थ्री स्टारबीचको खेल

यस्तो देखियो हिमालयन शेर्पा र थ्री स्टारबीचको खेल


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि २-० गोलअन्तरले जित निकालेको हो।

हिमालयन शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको आत्मघाती गोलबाट थ्री स्टारले खेलमा अग्रता बनायो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ५६ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे। थ्री स्टारका लागि दोस्रो गोल भने अन्सुमाना क्रोमाले गरे। उनले इन्ज्युरी समयमा काउन्टर अट्याकमा गोल गरे।

जितसँगै थ्री स्टार १३ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। ८ खेलमा थ्री स्टारले ३ जित, ४ बराबरी र १ पराजय ब्यहोरेको छ। त्यस्तै, पराजय ब्यहोरेको हिमालयन शेर्पा ११ अंकसहित तालिकाको छैठौं स्थानमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell