
काठमाडौं : नेकपा एमालेको जिल्ला अधिवेशनको नतिजा धमाधम आउन थालेको छ। अधिकांश जिल्लामा नेतृत्व सर्वसम्मत चयन भएका छन्। १० औं महाधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरेको एमालेले औपचारिकताका लागि चुनाव गरेको थियो। नेताहरु भीम रावल, घनश्याम भुसाल,टंक कार्कीलगायत अडानबाट पछि नहटेपछि चितवनको सौराहामा निर्वाचन भएको थियो। निर्वाचन भए पनि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि बन्दसत्रमा प्रस्तुत गरेको सूचीअनुसार जस्ताको तस्तै नेतृत्व निर्वाचित भएको थियो। अहिले जिल्ला अधिवेशनमा पनि सर्वसम्मत कै गृहकार्य भइरहेको नेताहरुले बताएका छन्।
१६ जिल्लामा रोकियो अधिवेशन
हालसम्म ३८ भौगोलिक र २ गैर भौगोलिक जिल्लाका नेतृत्व टुंगो लागेको एमालेको प्रचार विभागले जनाएको छ। अहिले चयन भएका जिल्ला अध्यक्षहरु सर्वसम्मत रुपमा चयन भएका छन्। निर्वाचन प्रक्रिया अघि बढेका जिल्लाहरुमा भने चुनाव हुने भएकाले अध्यक्ष टुंगिन समय लागेको हो। ७७ जिल्लामध्ये ६१ जिल्लाको अधिवेशन अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट पुस २२ गते उद्घाटन गरेका थिए।
बाँकी १६ जिल्लामा मौसमको प्रतिकुलताका कारण अधिवेशन हुन नसकेको एमालेले जनाएको छ। एमालेले जिल्ला र प्रदेश अधिवेशन नगरेरै मंसिर १०-१४ मा १० औं राष्ट्रिय महाधिवेशन गरेको थियो। प्रदेश अधिवेशन माघ ८ का लागि तोकिएको छ।
कुन जिल्लामा को?
१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बॉके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ- कृष्णप्रसाद अधिकारी
२५. पॉचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा- प्रेमबहादुर गुरुङ
२८. मकवानपुर- एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३४. काठमाडौं- दीपक निरौला
३५. ललितपुर- पुरुषोत्तम आचार्य
३६. सिन्धुली- कुमारबहादुर कार्की
३७. इलाम- महेश बस्नेत
३८. बाग्लुङ- हिरा केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल
सोमवार दिउँसो सम्ममा ४० वटा जिल्लाको नेतृत्व चयन भइसक्ने एमाले नेता राजन भट्टराईले जानकारी दिए। उनले सम्पन्न नभएको जिल्लामा निर्वाचन र सर्वसम्मतको लागि पहल भइरहेको बताए।