PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कैलालीमा एमालेलाई नेतृत्व चुन्न सकस, प्रतिनिधिको नाराबाजीपछि मतदान शुरु



कैलालीमा एमालेलाई नेतृत्व चुन्न सकस, प्रतिनिधिको नाराबाजीपछि मतदान शुरु

कैलाली : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। धनगढीस्थित ऋद्धि सिद्धी पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। दिउँसो १ बजेसम्म मतदान चल्ने बताइएको छ। एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सरेको थियो। तर साँझसम्म मतदान प्रक्रिया सुरु नभएपछि आइतबार राति प्रतिनिधिले नाराबाजी गरेका थिए।

नयाँ नेतृत्व छान्न १ सय ५० पदमा ३ सय २९ जनाको उम्मेदवारी परेको छ। ४८ जना भने निर्विरोध निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell