PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिरियाली नागरिक भएकै कारण ‘मिसेस वर्ल्ड’मा सहभागी हुन लीन क्लाइभलाई अमेरिकी सरकारले दिएन भिसा



सिरियाली नागरिक भएकै कारण ‘मिसेस वर्ल्ड’मा सहभागी हुन लीन क्लाइभलाई अमेरिकी सरकारले दिएन भिसा
BBC

बेलायतको प्रतिनिधित्व गर्दैँ ‘मिसेस वर्ल्ड’मा सहभागी हुन लागेकी लीन क्लाइभलाई अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको छ। मिसेस वर्ल्डको फिनाले आउँदो जनवरी १५ मा अमेरिकामा हुने तय भएको छ।

२९ वर्षीया लीनले मिसेस वर्ल्डको फिनालेमा बेलायतको प्रतिनिधित्व गर्दै आवेदन भरेकी थिइन्। तर, उनलाई सिरियामा जन्मेको कारण अमेरिकाले भिसा दिन नमानेको हो। जसकारण यो प्रतिस्पर्धा नै विवादित हुन पुगेको छ।

सन् २०१३ मा बेलायत आएपछि उनले अग्रेजी भाषा बोल्न सिकिन्। साथै, महिला समानता र शरणार्थीहरुका लागि अभियान समेत चलाएकी थिइन्। तर, भिसाकै कारण बेलायत सरकारले उनलाई अमेरिकामा पठाउन सक्दैन।

‘मैले बेलायती राहदानीले नै आवेदन दिएँ। मैले प्रतिस्पर्धामा बेलायती नागरिक भएर नै प्रतिनिधित्व गर्दै थिएँ। म बेलायती नागरिक हुँ। जसकारण अमेरिकाले प्रतिबन्ध लगाउँला भनेर सोचेको पनि थिएन्,’ उनले भनेकी छिन्।

लीनले ‘कमन सेन्स’ प्रयोग गरेर भएपनि आफूलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने भन्दै अमेरिकी दुतावासलाई भिसा दिन अपिल गरेकी छिन्।

‘भिसा रेकर्डहरु अमेरिकी कानुनअन्तर्गत गोप्य छन्। जसकारण हामी व्यक्तिगत भिसा मुद्दाहरुको बारेमा छलफल गर्न सक्दैनौँ,’ अमेरिकी दुतावासको एक विज्ञप्तिमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell