हेटौँडा : वाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्याम नारायण श्रेष्ठ नियुक्त भएका छन्। आज प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले श्रेष्ठको सपथ ग्रहण समेत गराएका छन्।
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले श्रेष्ठलाई नियुक्त गरेका हुन्। संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गरिएको हो।