PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पूरा गर्‍यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा

पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पूरा गर्‍यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा


काठमाडौं : नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्झनामा गोरखादेखि काठमाडौंसम्म पदयात्रा गरेको छ। ३००औँ पृथ्वी जयन्तीको अवसरमा सेनाले गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्म एकीकरण मार्ग हुँदै पदयात्रा पूरा गरेको हो।

आज गोरखाबाट आएको सेनाको टोलीलाई हनुमान ढोकामा स्वागत गरिएको छ। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा भोलि मंगलवार देशैभर ३००औँ पृथ्वी जयन्ती मनाइदै छ। भौगोलिक रुपमा छरिएर रहेका बाइसे-चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell