PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण दुबै नगरौं : बाबुराम



पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण दुबै नगरौं : बाबुराम

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन्। पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले उक्त भनाई राखेका हुन्।

'पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्,' सामाजिक सञ्जाल ट्विटमा बाबुरामले भनेका छन्, 'कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो!'

पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा हेरिन्छ। त्यसैले यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा हरेक वर्ष वभिन्न कार्यक्रम हुन्छ। यता आदिवासी जातजातिले भने आफ्नो राज्य पृथ्वीनारायणले क्रुरतापूर्वक हत्याएको भन्दै यस दिनलाई कालो दिनका रुपमा लिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell