PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

पर्साका सबै विद्यालय बन्द गर्न शिक्षक महासंघको आह्वान



पर्साका सबै विद्यालय बन्द गर्न शिक्षक महासंघको आह्वान

वीरगंज : पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न नेपाल शिक्षक महासंघ पर्साले आह्वान गरेको छ। विज्ञप्ति निकाल्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न सूचना जारी गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी गराए।

सोमवार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयको आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिए तापनि पर्साका केही पालिकाहरुले अटेरी गरेपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए। वीरगंज महानगरसंगै १४ वटा पालिकामध्ये केही पालिकाले अटेरी गरिरहेकोले खोपको गतिविधि जारी राख्दै पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न आह्वान गरिएको उनले बताए।

महासंघको सूचनापछि पर्साका अधिकाश विद्यालयहरु मंगलवार दिउँसोदेखि बन्द भएका छन्। वीरगंज महानगरले पनि प्राथमिक स्कूल बन्द गर्दै माघ ७ गतेदेखि तोकिएको अर्धवार्षिक परीक्षा र माघ ८ गतेदेखि वीरगंजमा हुने मेयर कपको कार्यक्रमलाई यथावत राखेको सूचना जारी गरेको शैक्षिक प्रशासन महाशाखा वीरगंज महानगरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell