PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमाले बाराको अधिवेशन : अध्यक्षमा ५ जनाको दाबी



एमाले बाराको अधिवेशन : अध्यक्षमा ५ जनाको दाबी

वीरगंज : नेकपा एमाले बाराको १० औँ जिल्ला अधिवेशन आजबाट कलैयामा हुँदैछ। कलैयास्थित जानकी सिनेमा हलमा हुन लागेको जिल्ला अधिवेशनलाई एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यतालिका रहेको छ। एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले अधिवेशनको सबै तयारी सकिएको जनाए।

नेकपा एमाले बारामा जिल्ला कार्य समितिका ४ सय सदस्य र हरेक वडाबाट र विभिन्न क्लस्टरबाट छानिएका करिब ४ सय गरी ८ सय प्रतिनिधिले मत जाहेर गर्नेछ। जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान जिल्ला अध्यक्ष देवनारायण चौधरी, बिनोद साह, रविन्द्रदास श्रेष्ठ, मनोज पौडेल र अध्यानन्द पाण्डेले दावी गर्दै आएका छन्। रविन्द्रदास श्रेष्ठ, देवनारायण चौधरी र मनोज पौडेल एकै समूह पुरुषोत्तम पौडेल निकटका उम्मेदवार हुन भने बिनोद साह अच्युत मैनाली निकट हुन्। त्यसैगरी अध्यानन्द पाण्डे बलबिर चौधरी निकट भएको बताइएको छ।

हाल तदर्थ समितिका अध्यक्षसमेत रहेका देवनारायण चौधरीले देशभरी नै सहमति भइरहेको समयमा बारामा पनि सहमति हुनेमा आफू आशावादी रहेको बताए।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार बिनोद साहले सर्वसहमतिको बाधक नभए पनि नेताहरुले कार्यकर्ताको भावना समेटेर नेतृत्व छनौट गर्नुपर्ने अन्यथा प्रजातान्त्रिक प्रक्रिया निर्वाचनको माध्यमबाट टुङयाउनुपर्ने धारण राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell