PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ, स्याङ्जामा सूर्य



एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ, स्याङ्जामा सूर्य

पोखरा : नेपाल कम्युनिस्ट पार्टी(एमाले) कास्कीको अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन्। एमाले कास्की नेतृत्वका लागि मंगलवार मतदान भएको थियो।  

प्रतिस्पर्थी दामोदर वैरागीलाई पराजित गर्दै गुरुङ अध्यक्षमा चुनिएका हुन्। गुरुङले ४५६ मत पाउँदा भने वैरागीले ४०७ मत पाए। यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारीले ४२१, सचिवमा बैनबहादुर अधिकारी ४७५ र उपसचिवमा दर्शन लामा ५४० र नवराज ओझा ४४३ मत पाउँदै निर्वाचित भए।

जिल्लामा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्यानल नै बनाएर मैदानमा होमिएका थिए। निर्वाचित अध्यक्ष र उपाध्यक्ष पिएस गुरुङ प्यानलबाट हुन् भने सचिव तथा उपसचिव अधिकारी प्यानलका हुन्।

यस्तै स्याङ्जा एमाले अध्यक्षमा सुर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। आफ्नो प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई १ सय ८३ मतले उनी हराउँदै अध्यक्ष निर्वाचित भएका हुन्। गैह्रेले ४ सय ४० मत प्राप्त गर्दा मरासिनीले २ सय ५७ मत पाएका थिए। नवनिर्वाचित गैह्रे पूर्व माओवादी हुन्।  यसअघि उपाध्यक्षमा कृष्णबहादुर खाँण निर्विरोध निर्वाचित भइसकेका थिए। यस्तै सचिवमा राजेन्द्र डुम्रे ३ सय ९४ मत ल्याउँदै विजयी भएका छन्।  उपसचिवमा विश्व पौडेल र तारा शर्मा निर्वाचित भएका छन्। विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मत प्राप्त गर्दै निर्वाचति भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell