PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंमा हुने इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित



काठमाडौंमा हुने इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित

काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ। कोरोना नियन्त्रण गर्न प्रशासनले उपत्यकाका तीनै जिल्लामा हिजो रातिदेखि २५ जनाभन्दा बढी भेला हुन रोक लगाइसकेको छ। जसकारण तय भएका कार्यक्रमहरु स्थगित भइरहेका छन्।

यसैबिच इण्डियन आइडल २०२१ का विजेता पवनदीप राजनको दुईवटा कार्यक्रम स्थगित भएका छन्। पौष ३० गते हायात रेजेन्सी र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा तय भएको उनको कार्यक्रम स्थगित भएको हो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सुचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ। प्रशासनको अर्को सुचनापछि मात्रै कार्यक्रमको अर्को मिति तय गर्ने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell