PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रीमतीको हत्या गरी भागेका श्रीमान ७ वर्षपछि पक्राउ



श्रीमतीको हत्या गरी भागेका श्रीमान ७ वर्षपछि पक्राउ

बुटवल : कपिलवस्तुको कृष्णनगर नगरपालिका-६ स्थित श्रीनगरमा २१ वर्षीया श्रीमतीको हत्या गरी आगो लगाएर भागेका श्रीमानलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ।

भारतको सिद्धार्थनगर जिल्लास्थित ग्रामधन्सा घर भएका ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरेर बुधवार सार्वजनिक गरेको हो।

सिकन्दरलाई मंगलवार कपिलवस्तुको यशोधरा गाउँपालिका-६ स्थित नेपाल-भारत सिमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए। कृष्णनगर नगरपालिका-६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दरले २०७१ चैत १ मा श्रीमती किस्लावती चमारको हत्या गरी भागेका थिए।

२०७१ फागुन ३० गते राति श्रीमतीलाई साथमा लिएर ससुराली आएका सिकन्दरले सोही राति घर नजिकैको खेतमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घरबाट ३ सय मिटर पर जलेको अवस्थामा शव फेला परेको थियो। विवाह भएको २ वर्षपछि किस्लावतीको हत्या भएको थियो।

प्रहरीले सिकन्दरको साथबाट नम्बर प्लेट नभएको मोटरसाइकल, उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र र दुई थान मोबाइल बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell