PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

गण्डकीका अर्थमन्त्री बराल र पोखराका मेयर जिसिलाई कोरोना संक्रमण



गण्डकीका अर्थमन्त्री बराल र पोखराका मेयर जिसिलाई कोरोना संक्रमण

पोखरा : गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल र पोखरा महानगरपालिका मेयर मानबहादुर जिसिलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री बरालका स्वकीय सचिव दिनानाथ बरालका अनुसार अर्थमन्त्रीको परिवार र सचिवालय कर्मचारी गरि आठ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रीकी श्रीमती, बुहारी, नाति, सवारी चालक, कार्यालय सहयोगि गरि आठ जनामा संक्रमण पुष्टि भएको बरालले बताए। हालै सम्पन्न माओवादीको महाधिवेशनबाट फर्किसकेपछि अस्वस्थ रहेका मन्त्रीलाई कोरोना पोजेटिभ देखिएको हो।

बुधबार मन्त्री बराल र परिवारसहित  सचिवालयबाट लिइएको  ११ जनाको नमूना परीक्षणमा आठ जनालाई संक्रमण पुष्टि भएको हो। बाँकी  तीन जनाको परीक्षण नतिजा भने नेगेटिभ आएको छ ।

यस्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई पनि बिहीवार कोरोना संक्रमण देखिएको छ। मेयर जिसीका प्रेस संयोजक माधव बरालका अनुसार बुधबार गरिएको परीक्षणमा मेयरलाई कोरोना पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell