PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

आजबाट सिनेमा हलमा लाग्दै 'चपली हाइट ३'



आजबाट सिनेमा हलमा लाग्दै 'चपली हाइट ३'

काठमाडौं: फिल्म 'चपली हाइट ३' आजबाट प्रदर्शनमा आएको छ। देशभरका विभिन्न मल्टिप्लेक्स र सिंगल हलहरुमा रिलिजका लागि सो तय भइसकेको छ।

कोरोना महामारीबिच रिलिज मिति स्थगित भइरहेको बेला निर्माता अर्जुनकुमारले यस फिल्मलाई हलमै रिलिज गर्ने आँट गरेका हुन्। फिल्मको टिकटका लागि देशभरका मल्टिप्लेक्सले बुधबारदेखि नै बुकिङ खुल्ला गरिएको थियो। दुईसातादेखि कुनै पनि फिल्म रिलिज नभएको अवस्थामा यस फिल्मबाट धेरै आशा गरिएको छ।

सस्पेन्स र थ्रिलर कथामा निर्माण भएको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहेको छ।

अर्जुन कुमारकै ‘चपली हाइट’ पहिलो र दोस्रो श्रृंखलालाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए। यसअघिका दुबै श्रृंखला व्यवसायिक रुपमा सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell