PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

सुदूरपश्चिम प्रदेशमा आज तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि



सुदूरपश्चिम प्रदेशमा आज तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा आज तीन सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ७३ जनाको पीसीआरमार्फत र तीन सय १० जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

आज दुई हजार ३१ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। संक्रमण पुष्टि भएका तीन सय ८३ जनामध्ये दुई सय ६७ जना आजै भारतबाट आएका हुन्।

कैलालीको त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका १ सय ८०, कञ्चनपुरको गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८६ र बैतडीको जुलाघाटबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज एक हजार ७ सय ९८ नेपाली स्वदेश फर्केका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell