PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जब सातदोबाटोले उपाधि होडमा रहेको मनाङलाई हरायो...

जब सातदोबाटोले उपाधि होडमा रहेको मनाङलाई हरायो...


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले मनाङलाई २-१ गोलअन्तरले हराएको हो।

पहिलो हाफमा सातदोबाटोका मार्टिन एडेल्फ सिलो नान्गा र अजयी मार्टिन्सले गोल गरे। ११औँ मिनेटमा एडेल्फ सिलोको गोलमा अग्रता बनाएको सातदोबाटोका लागि ३८औँ मिनेटमा प्रशान्त अवस्थीको पासमा अजयी मार्टिन्सले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफमा मनाङका ओलावाले अफीजले गोल फर्काए पनि खेलमा फर्कन त्यो गोल पर्याप्त हुन सकेन। अफीजले खेलको ५७औँ मिनेटमा गोल गरे।

मनाङको पराजयले लिग लिडर मछिन्द्र क्लबलाई राहत मिल्नेछ भने मनाङको उपाधि होड अब कठिन बन्ने देखिन्छ। अर्कोतर्फ जितसँगै सातदोबाटो १२ अंक जोडेर अंकतालिकाको छैठौं स्थानमा उक्लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell