PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमालेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भने, 'कोरोना नियन्त्रणमा मेरो पार्टी, तेरो पार्टी नभनि सबै एक हौ'



एमालेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भने, 'कोरोना नियन्त्रणमा मेरो पार्टी, तेरो पार्टी नभनि सबै एक हौ'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन्।

शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता सुभाष नेम्वाङबाट कोभिड-१९ नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन्। ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, देउवाको भनाई उद्धृत गर्दे प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमोक्रन भाइरस धेरै संक्रमक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि दाबी गरे।

प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको उल्लेख गर्दै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको बताए।

नेकपा एमालेका नेता  नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell