PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

निजामती कर्मचारी युनियनको महाधिवेशन स्थगित



निजामती कर्मचारी युनियनको महाधिवेशन स्थगित

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थागित गरिएको छ। भर्चुअल माध्यमबाट शनिवार बसेको केन्द्रीय समितिको बैठकले माघको ८ देखि १० गतेसम्म काठमाडौंमा तय महाधिवेशन माघ मसान्तसम्म स्थागित गर्ने निर्णय गरेको संघले जनायो।

युनियनले महाधिवेशन अन्तरगत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न गरेर महाधिवेशनको सम्पूर्ण तयारी सकेको थियो। तर कोरोना महामारी ह्वातै बढेकाले युनियनले आफ्नो महाधिवेशन माघ मसान्तसम्म स्थागित गरेको जनाएको छ।  युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म छ। नेपाल निजामती कर्मचारी युनियन निजामती सेवा एन बमोजिमको दफा ५३ को व्यवस्थाले ट्रेड युनियन अधिकार प्रयोग गर्ने संस्था भएको बताउँदै उपमहासचिव दुर्गा फुँयालले आफूहरुले सरकारले भनेको मानेको र संस्थाको आठौं महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भईसकेकोले संस्थाको वैधानिकतामा प्रश्न नआउने बताए।

उनले भने, ‘हामी कर्मचारीले नागरिकको जीउधनको र देशको समस्यामा आफ्नो समस्यालाई अग्राधिकार दिने होइन, सहज वातावरण निर्माण भएपश्चात् हामी जुनसुकै विधि अपनाएर पनि महाधिवेशन सम्पन्न गर्नेछौं।’ उनले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा मुलुक जटिल संक्रमण रोगको चपेटामा च्यापिएको अवस्थामा भएको बताउँदै महाधिवेशनलाई विधानतः  सम्पन्न गर्न छिटो नै निधो केन्द्रीय समिति बैठकले गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell