PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका एक कोरोना संक्रमितको मृत्यु, थपिए १ सय ८४ संक्रमित



सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका एक कोरोना संक्रमितको मृत्यु, थपिए १ सय ८४ संक्रमित

कैलाली : सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका एक कोरोना संक्रमितको मृत्यु भएको छ। केही दिनअघि कैलालीको त्रिनगर-गौरीफन्टा नाका भएर स्वदेश फर्किएका बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ५२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

यस्तै, आज भारतबाट आएका १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका ७२, कञ्चनपुरको गड्डाचौकी नाका भएर स्वदेश फर्केका ९२, बैतडीको जुलाघाटबाट फर्केका ७ जना र दार्चुलाको जोलजिवी नाकाबाट फर्किएका १ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, पीसीआर परीक्षणका क्रममा थप ७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell